Thursday, August 22, 2013

जागिर ले मलाई खायो

जागिर ले  मलाई खायो
चण्डिका प्रसाद काफ्ले
चिदीपानी, पाल्पा
जागिर खान मन लाग्यो जागिर मैले खाए
जागिर पाउन कठिन थियो परिश्रमले पाए
परिश्रम त मिठो भन्थे तितो मैले पाए
दिन भरी काम गरी साझा घरमा आए
बित्दै गयो दिन येस्तै महिना भरी धाय
महिना बित्दा बल्ल तल्ल तलब मैले पाए
खुशी हुदै मख्ख पर्दै घरको बाटो लाए
घरमा पुगी महिना वारी खर्च वाटन लागे
जसै गरी महिना भरिको खर्च वर्न लागे
बित्दै गए दिन धेरै दुखी चाल मैले  पाए
सबै भन्छन तलब बढ्छ हेर धेरै थोरै
बजार जान्छु महंगी सुन्छु झन धेरै धेरै
महिना भरी तलबले १५ दिन खाए
बाकी  दिन ऋण खोज्न जतातेतै धाए
ऋण माथि ऋण भयो जागिरको नाउमा
तलब बुझछु ऋण तिर्छु भन्दा डुब्छु नाउमा
जीवन बित्यो दुखै दुख मन त सधै आधापरी

के हुदो रहिछ जागिर खादा पेट त रित्तै खाली

No comments:

Post a Comment

THANKS